चारलाख बढी नगद सहित कावासोतिबाट ८ जना जुवाडे पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ३१ गते ११:५२
चारलाख बढी नगद सहित कावासोतिबाट ८ जना जुवाडे पक्राउ

कावासोती । नवलपुरको कावासोती नगरपालिका–२ बाट प्रहरीले गएराति चार लाख बढी नगद सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । कावसोती–२ लोकतन्त्रचोकमा रहेको रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलिले नगद चार लाख बत्तीसहजार छ सय पन्चानब्बे सहित आठ जना जुवाडेलाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा कावासोती–२ का सागर कुँवर, देवचुली नगपालिका वडा नं १६ रजहर घर भई हाल  कावासोती–२ बस्ने हुस्ना मुवारक मिया, नवलपरासी ( पश्चिम) बर्दघाट नगरपालिका– १५ का लाल बहादुर तामाङ, नवलपरासी ( पुर्व) मध्यबिन्दु नगरपालिका वडा नं ३ का नारायण खनाल, कावासोती–२  का गोबिन्द त्रिपाठी, सोही स्थान बस्ने रामजी पाण्डे, खिम वहादुर लामिछाने र उज्वल मल्ल रहेका छन् । प्रहरीले उनिहरुको साथबाट नगद सहित चार बुक तास समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी दिलीप कुमार गिरीले बताउनुभयो ।
पक्राउ परेका उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको गिरीले बताउनुभयो ।

प्रकाशित : २०७८ जेठ ३१ गते ११:५२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI