मध्यविन्दु जिल्ला अस्पताललाई ट्रमासेन्टरको रुपमा स्तर उन्नति गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १ गते १६:५३
मध्यविन्दु जिल्ला अस्पताललाई ट्रमासेन्टरको रुपमा स्तर उन्नति गरिने

नवलपुर । गण्डकी प्रदेश सरकारको आ.व७८/७९ को बजेटमा व्यवस्था गरिए अनुसार  नवलपुरको मध्यविन्दू अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरि अस्पताल, पर्वतको भिरकोट अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गरिने भएको छ । गोरखाको आँपपिपल अस्पताललाई ५० शैय्याको बनाइने बताए ।

आर्थिक वर्ष२०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोषण कार्यक्रमलाई निरन्तरता दिइएको बताएका छन् । बालबालिका, गर्भवती र अपाङ्गका लागि पोषण पुर्‍याउन कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

संघ सरकराको सहयोगमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैय्या र धौलागिरि अस्पताललाई स्तरोन्नती गरिने उनले बताए । सबै जिल्ला अस्पतालमा २ देखि ५ शैय्याको सघन उपचार कक्ष स्थापना हुने पोखरेलले बताए ।

सबै जिल्ला अस्पतालमा आँखा, डायलाइसिस र ज्येष्ठ नागरिक वार्ड बनाउन बजेट विनियोजन भएको छ ।

 

प्रकाशित : २०७८ असार १ गते १६:५३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI