आज यी नदीमा खतरा तहसम्म पुग्नसक्छ बाढी (सूचीसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १७ गते ११:३५
आज यी नदीमा खतरा तहसम्म पुग्नसक्छ बाढी (सूचीसहित)

काठमाडौं- देशका विभिन्न भागमा वर्षा जारी रहेकाले आज नदीहरुमा बाढीको जोखिम उच्च रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, नारायणीका सहायक नदीहरु तथा पूर्वी राप्ती र कन्काई लगायतमा बहाव बढ्ने, केहीमा सतर्कता तह पुग्न सक्ने महाशाखाले जनाएको छ। त्यस्तै कमला, बागमती लगायतमा बहाब सतर्कता तह पार गरि खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुवान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको छ। कोशी, नारायणी, बागमती र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेको तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै छ। नारायणीको सहायक नदी मर्स्याङदी, बिमलनगर जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु तथा त्रिशुली, बुढिगण्डकी, कालिगण्डकी लगायत नारायणीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ।

आज पश्चिम राप्ती, बबईमा बहाब सामान्य रहने, पूर्वी राप्ती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यम देखि भारी वर्षा भई बहाब उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। कमला र बागमती लगायतमा बहाब सतर्कता तह पार गरि खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ।

आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर र लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, रोल्पा, दाङ र आसपास जिल्ला भई बहने स साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक वहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ।

प्रकाशित : २०७८ असार १७ गते ११:३५

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI