भिडिओ टेम्प्लेटबाट यसरी सजिलै बनाउनुहोस् आकर्षक टिकटक

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २९ गते २३:४०
भिडिओ टेम्प्लेटबाट यसरी सजिलै बनाउनुहोस् आकर्षक टिकटक

तपाईंले क्यामेरासँग कुरा गरेकै भरमा एउटा राम्रो टिकटक भिडिओ बनाउन सक्नुहुन्छ । जे भए पनि यदि तपाईं केही फरक र हल्का चलेको ट्रेन्ड पछ्याउन चाहनुहुन्छ अथवा तपाईं आफ्नो भिडिओलाई अझ राम्रो कसरी बनाउने भन्ने विषयमा निश्चिन्त हुनुहुन्न भने एपभित्र रहेका पूर्ववत रुपमा तयार पारिएका टेम्प्लेटहरु प्रयोग गर्न सक्नुहुन्छ ।

यस्ता टेम्प्लेटहरुले तपाईंलाई जीवन्त र जटिल किसिमका भिडिओ बनाउन सजिलो पारिदिन्छन् । यसका लागि तपाईंले आफ्नो फोटो वा भिडिओलाई त्यसमा राखे पुग्छ । साथै टेम्प्लेटमा तपाईंले आफ्ना अक्षर, आवाज, इफेक्ट आदि समेत थप गर्ने विकल्प समेत यसमा उपलब्ध छ ।

टिकटकमा यसरी प्रयोग गर्नुहोस् टेम्प्लेट

  • यसका लागि सुरुमा स्क्रिनको तल पुछारको बीच भागमा रहेको प्लस संकेतमा ट्याप गर्नुहोस् ।
  • अब तल क्यामेरासँगै देखिएको टेम्प्लेट्समा थिच्नुहोस् । यति गरेसँगै स्क्रिनमा तपाईंले टेम्प्लेटबाट बनाइएका भिडिओको नमूना देख्नुहुनेछ ।
  • दायाँदेखि बायाँतर्फ स्वाइप गर्दै उपलब्ध टेम्प्लेटहरु एक एक गर्दै हेर्न सकिन्छ । यो टिप्स तयार पार्दासम्म हामीले १६ टेम्प्लेट त्यसमा देखिरहेका थियौं ।
  • हरेक टेम्प्लेटलाई छोटो नाम दिइएको छ । त्यसको मुनी तपाईंले उक्त टेम्प्लेटका लागि कति फोटो राख्ने भन्ने जानकारी देख्नुहुनेछ । कुनै कुनै टेम्प्लेटमा न्यूनतम र अधिकतम (दुई देखि ५ सम्म) फोटो संख्या दिइएको छ । त्यसैगरी कुनैमा अधिकतम फोटो संख्या मात्र उल्लेख छ ।
  • त्यसमध्ये तपाईंले कुनै टेम्प्लेट मन पराउनु भयो भने त्यसको तल रहेको ‘Select Photos’ बटनमा ट्याप गर्नुहोस् । यति गरेसँगै तपाईं आफ्नो मोबाइलमा रहेका फोटोमा  पुग्नुहुन्छ । अब आवश्यक संख्यामा फोटोहरु छान्नुहोस् । कति फोटो छान्ने भन्ने कुरा बिर्सिनुभयो भने पनि चिन्ता नगर्नुहोस्, तपाईंले स्क्रिनको तल दायाँ कुनामा आवश्यक फोटो संख्या देख्न सक्नुहुन्छ ।
  • फोटो छानिसकेपछि ओके बटनमा ट्याप गर्नुहोस् । यससँगै टिकटकले प्रोसेसिङ पुरा गर्छ र टिकटक भिडिओ बन्छ । यहाँबाट तपाईंले अतिरिक्त परिवर्तन समेत गर्ने मौका पाउनुहुन्छ । उदाहरणको लाग तपाईंले स्टिकर राख्नेदेखि इफेक्ट थप गर्ने, भ्वाइस ओभर राख्ने लगायतका सुविधा यसमा पाउनुहुन्छ ।
  • यसरी आवश्यक परिवर्तन गर्नुहोस् र सेभ गरेर टिकटकमा पोस्ट गर्नुहोस् । तर यदि तपाईंलाई टिकटकमा उपलब्ध कुनै पनि टेम्प्लेट मन परेन भने ? यसका लागि टिकटकमा जुमर्‍याङ (Zoomerang) र क्यान्भा (Canva) जस्ता क्रियटरमा बनाइएका अनेकौं निःशुल्क टेम्प्लेट र टुलहरु उपलब्ध गराइएका छन् । यस्ता सेवाहरु निःशुल्क रुपमा प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले वाटरमार्कसँग भने सम्झौता गर्नैपर्ने हुन्छ ।

 

प्रकाशित : २०७८ असार २९ गते २३:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI