युथफोर्स र अखिल फोर्सले समाजमा आतङ्कको आभास दिन्छ, खारेज गरौं : योगेश

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ९ गते १०:४२
युथफोर्स र अखिल फोर्सले समाजमा आतङ्कको आभास दिन्छ, खारेज गरौं : योगेश

काठमाडौं, ९ साउन । नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथफोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै खारेज गर्न माग गरेका छन् ।

पार्टीमा रहेको अनेरास्ववियू र युवा संघलाई ओझेलमा राखेर गठन गरिएका युथफेर्स र अखिल फोर्सले समाजमा आतङ्कको आभाष दिएको भन्दै उनले खारेज गर्न माग गरेका हुन् ।

अनेरास्ववियू र युवा संघ क्रियाशील रहिरहेको विद्यमान अवस्थामा समूहमार्फत अन्य संगठन तयार गर्नुको कुनै औचित्य नभएको समेत उनले दाबी गरेका छन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?,’ भट्टराईले प्रश्न गरेका छन् ।

एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन् । समानान्तर जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ । अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ ब्युँताएको छ ।

युथफोर्स र अलिख फोर्स गठनप्रति नेता भट्टराईको धारणा यस्तो छ–

प्रकाशित : २०७८ साउन ९ गते १०:४२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI