पश्चिम नवलपरासीमा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १६ गते १८:१४
पश्चिम नवलपरासीमा साउन ३२ गतेसम्मका लागि  निषेधाज्ञा थप

परासी। पश्चिम नवलपरासीमा साउन २१ गतेसम्मका लागि दशौं पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साउन १५ गते राती १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । यसअघि असार ३१ गते थपिएको निषेधाज्ञाको समय गएराती १२ बजे सकिएको छ ।

यसअघिकै निर्णय अनुरुप अत्यावश्यक बाहेकका पसल व्यवसाय साँझ ५ बजेपछि बन्द गर्न भनिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा, तालिम, गोष्ठी, खेलकुदका कार्यक्रम, विद्यालय भने सञ्चालन गर्न पाईने छैन । प्रशासनले निषेधाज्ञा थप खुकुलो बनाई केही क्षेत्रमा प्रतिबन्ध लगाएपनि निषेधाज्ञा कार्यान्वयन भने फितलो छ ।

आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई भिडभाड पनि बढ्दै गएको छ । जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको हो ।

यसअघि पटक–पटक गरि निषेधाज्ञा थप गरिएको थियो । निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रकाशित : २०७८ साउन १६ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI