देशका केही स्थानमा भारी वर्षा हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १७ गते ८:२९
देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली रहेको छ । प्रदेश नम्बर-१ का केही स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहाडी भू–भूगमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाअउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ साउन १७ गते ८:२९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI