नेपालको वर्तमान आवश्यकता हिन्दुराष्ट्र सहितको संवैधानिक राजतन्त्र : कमल थापा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २४ गते १८:५१
नेपालको वर्तमान आवश्यकता हिन्दुराष्ट्र सहितको संवैधानिक राजतन्त्र : कमल थापा

कावासोती । राप्रपाका अध्यक्ष कमल थापाले नेपालको वर्तमान आवश्यकता हिन्दुराष्ट्र सहितको संवैधानिक राजतन्त्र भएको बताएका छन ।

आईतबार राप्रपा केन्द्रिय सदस्य बलराम थापाको शोक सभामा सहभागी हुन नवलपुरको कावासोती आईपुगेका थापाले पत्रकारहरु सँगको कुराकानीमा ढिलो चाडो हिन्दुराष्ट्रसहितको संवैधानिक राजतन्त्र देशमा पुनस्थापित हुने बताएका हुन ।

“गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको अवधारणा गलत छ, यो नेपाली जनताको चाहाना थिएन, यो बाह्य शक्तिले नेपालका केही राजनीतिक शक्तिहरुलाई प्रयोग गरेर भित्राईएको एजेन्डा हो,“ थापाले भने । देशमा राजनीतिक तथा सामाजिक रुपमा हिन्दुराष्ट्र सहितको संवैधानिक राजतन्त्रको पक्षमा जनमत बन्दै गएको दाबी गर्दै थापाले ठुला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले भित्र धर्मनिरपेक्षता र संघीयताको विरुद्ध चर्को आवाज उठदै गएको र यस्ले आफुहरुलाई उत्साहित बनाएको बताए ।

पत्रकारहरु सँगको कुराकानीमा थापाले संसदमा अस्थिरता देखिएको र यो अस्थिरता अन्त्य गर्नका तत्काल निर्वाचनमा जानू पर्ने बताए ।

प्रकाशित : २०७८ साउन २४ गते १८:५१

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI