नेपाली काँग्रेसको बर्दघाट नगर कार्य समितिमा जिसी प्यानल विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १० गते ९:५८
नेपाली काँग्रेसको बर्दघाट नगर कार्य समितिमा जिसी प्यानल विजयी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आसन्न बर्दघाट नगरकार्यसमितिका लागि भएको चुनावी प्रकृया मार्फत दामोदर जिसिको प्यानल विजयी भएको छ ।

 

जिसीले शम्भुलाल श्रेष्ठको भन्दा ५८ मत बढि प्राप्त गर्नु भएको थियो । कुल ३२८ मत मध्ये जिसीले १९३ र श्रेष्ठले १३५ मत प्राप्त गरेका थिए ।

नवलपरासी जिल्लामा महाधिवेशनकालागि देवेन्द्र राज कण्डेल र विक्रम खनाल विचको गुट चुनावी मैदानमा गएका थिए ।

 

जसमध्ये दामोदर जिसी खनाल पक्षका मानिन्छन । जिसी यस अघिको समितिमा उपसभापति पदमा रहेका थिए भने श्रेष्ठ सभापतिमै रहेका थिए ।

 

जिसीले आफ्नो काधमा थप जिम्मेवारी आएको बताउदै पार्टिलाई एक ढिक्का बनाएर लाने बाँचा गर्दै सम्पूणलाई धन्यवाद व्यक्त गरेका थिए ।

 

प्रकाशित : २०७८ असोज १० गते ९:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI