खाली पेटमा लसुन खानुस् ग्यास्ट्रिकको समस्या भएकालाई फाइदा हुन्छ

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ४ गते १२:४२
खाली पेटमा लसुन खानुस् ग्यास्ट्रिकको समस्या भएकालाई फाइदा हुन्छ

काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।

लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।

लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।

लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।

लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।

लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।

स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।

एजेन्सी

प्रकाशित : २०७८ कार्तिक ४ गते १२:४२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI