मौसमविदहरुको आग्रह – ‘पहाडी र उच्च हिमाली क्षेत्रका वासिन्दाले विशेष सावधानी अपनाउनु’

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १३ गते ७:२६
मौसमविदहरुको आग्रह – ‘पहाडी र उच्च हिमाली क्षेत्रका वासिन्दाले विशेष सावधानी अपनाउनु’

मुलुकको पहाडी भूभागका केही स्थानहरुमा वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली हुनेछ । त्यस्तै पहाडी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।

त्यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भु-भागका एक(दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसमविदहरुको भनाइ छ ।

त्यस्नै आइतबार भोलि पनि मुलुकका केही भूभागमा वर्षा हुने मौसमविदहरुको अनुमान रहेको छ । भोलि प्रदेश १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भागमा आंशिक बदली रहनेछ। साथै हिमाली क्षेत्रका केही भागमा हिमपात हुनसक्ने बताइएको छ ।

त्यस्तै सोमबार पनि प्रदेश १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भागमा आंशिक बदली रहि हल्का वर्षा हुनेछ ।
उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदहरुको भनाइ छ ।

प्रकाशित : २०७८ कार्तिक १३ गते ७:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI