काङ्ग्रेस नवलपुर: चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रका ९६ पदमा १९२ जनाको उम्मेदवारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ३ गते २१:०४
काङ्ग्रेस नवलपुर: चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रका ९६ पदमा  १९२ जनाको उम्मेदवारी

कावासोती । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत नवलपुरमा ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका ९६ वटा पदमा १९२ जनाको उम्मेदवारी परेको छ ।

शुक्रबार जिल्लाका ४ वटै प्रदेश सभा निर्वाचनमा दुई वटा समूह बाट १९२ जनाको उम्मेदवारी परेको काङ्ग्रेस नवलपुरको निर्वाचन समितिले जनाएको छ ।

संघीय क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” मा महामन्त्री शशांक कोइराला निकट समुहबाट तारापती खरेल र महेन्द्रध्वज जिसि निकट समुहबाट गोपालप्रसाद सापकोटाको नेतृत्वमा प्यानल गत उम्मेदवारी दर्ता भएको छ । संघीय क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र “ख” मा  महामन्त्री कोइराला निकट समुहबाट हेमप्रसाद पाण्डे र महेन्द्रध्वज जिसि निकट समुहबाट प्रदिपराज घिमिरेको नेतृत्वमा प्यानल गत उम्मेदवारी दर्ता भएको छ।

संघीय निर्वाचन १  को प्रदेश सभा निर्वाचन क्षेत्र  “क” को २४ वटा पदका लागि ४८ जनाको उम्मेदवारी परेको छ । त्यसै गरि संघीय निर्वाचन १ को प्रदेश सभा निर्वाचन क्षेत्र “ख” मा २४ वटा पदका लागि ४८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

संघीय निर्वाचन क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र “क”  जिल्लाका अर्का नेता विष्णुकुमार कार्की निकट समुह बाट ऋषिराम कंडेल र महेन्द्रध्वज जिसि निकट समुहबाट रामचन्द्र भण्डारीको नेतृत्वमा प्यानल गत उम्मेदवारी दर्ता भएको छ भने संघीय क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र “ख” मा विष्णुकुमार कार्की समुहबाट कृष्ण तिवारी र महेन्द्रध्वज जिसि निकट समुहबाट कृष्णबहादुर चौधरीको नेतृत्वमा उम्मेदवारी दर्ता भएको हो ।

संघीय निर्वाचन २ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” को २४ वटा पदका लागि ४८ जनाको उम्मेदवारी परेको छ ।त्यसै गरि संघीय निर्वाचन २ को प्रदेश सभा निर्वाचन क्षेत्र “ख” मा २४ वटा पदका लागि ४८ जनाकै उम्मेदवारी परेको छ निर्वाचन समितिले जनाएको छ ।

जिल्लामा संघीय निर्वाचन क्षेत्र नं १ मा बलियो मानिएको महामन्त्री कोईराला समुहलाई देउवा समुहको साथ देखिएको छ भने क्षेत्र नं २ मा देउवा निकट नेता विष्णुकुमार कार्की समुहलाई कोइराला समुहले सहयोग गर्ने गरि उम्मेदवारी दर्ता भएको हो भने दुवै संघिय निर्वाचन क्षेत्रको ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा रामचन्द्र पौडेल निकट नेता महेन्द्रध्वज जिसि समूह एक्लैले उम्मेदवारी दिएको छ ।

 

प्रकाशित : २०७८ मंसिर ३ गते २१:०४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI