भारतमा मंगलबार १ लाख ६७ हजार संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २७ गते १३:०४
भारतमा मंगलबार १ लाख ६७ हजार संक्रमित थपिए

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६७ हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ६९ हजार ७९८ संक्रमित निको भएका छन् ।

सोही अवधीमा थप २७७ जनाको मृत्यु भएको छ । सोमबारभन्दा आज ९७ हजार ४७५ संक्रमित थपिएका हुन् । अहिले भारतभर ८ लाख संक्रमित उपचार गराइरहेका छन् ।

आठदिन अघि यो आँकडा एकलाख मात्र थियो । पाँचदिनदेखि भारतमा संक्रमित संख्या १ लाखभन्दा माथि छ । राजधानी दिल्लीमा सबै निजी कार्यालय र रेष्टुरेन्ट बन्द गर्न आदेश दिइएको छ ।

मानिसलाई घरबाट काम गर्न अनुमति दिइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमितलाई योग कक्षा सुरु गर्न निर्देशन दिएका छन् । संक्रमितलाई वेब–लिंक पठाइने भएको छ ।

प्रकाशित : २०७८ पुष २७ गते १३:०४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI