नवलपुरको हिंस्रक बाघ नियन्त्रणमा लिन चुनौती : पाईला भेटियो, बाघ भेटिएन

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ३ गते ९:२२
नवलपुरको हिंस्रक बाघ नियन्त्रणमा लिन चुनौती : पाईला भेटियो, बाघ भेटिएन

सन्जय भट्टराई/नवलपुर ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाको क्षेत्रमा विगत २ महिना देखि हिंसात्मक गतिविधि गरिरहेको बाघ आइतबार राति सम्म नियन्त्रणमा आउन सकेको छैन ।

गत पुस २८ गते देखि चितवन राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती र ९ जनाको प्राविधिक टोलिले विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाको वन क्षेत्रमा बाघको खोजीलाई तिब्रता दिए पनि बाघ फेला नपरेको हो ।

बाघको खोजीमा निस्किएको हात्ती सहितको ९ जनाको समुहले गत शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा रहेको होङ्गसी सिमेन्ट भन्दा उत्तर तर्फको वनमा जोडि बाघको पाईला फेला पारेको थियो भने आईतबार सोही टोलिले मध्यविन्दु नगरपालिकाको वडा नं ४ रहेको वनमा एउटा मात्रै बाघको पाईला फेला पारेको तर दुवै बाघ मान्छेलाई आक्रमण गरेको बाघ नभएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका रेन्जर योगेश ढकालले बताए । बाघको पाईला भेटिएको दुवै ठाँउ घटना स्थलबाट २० किलोमीटर पर रहेको ढकालले बताए ।

यस अघि दुई स्थानमा देखिएका बाघका पाईला फरक फरक रहेका र तीन जना मान्छेलाई आक्रमण गरेको ठाउँबाट करिब २० किलोमिटर पर रहेकाले पनि टोलिले आईतबार देखि बाघले आक्रमण गरेको क्षेत्र आसपास खोजीलाई तिब्रता दिएको ढकालले बताए । “हाम्रो अध्ययनले मान्छेलाई आक्रमण गर्ने बाघ आक्रमण गरेको स्थान आसपास घुमेको छ, त्यो बाघ कहिले जंगलको चुरे क्षेत्रको चाक्ला वनका डाडाहरुमा लुक्ने, कहिले अरुणखोला र सिसेनीको वनको आसपास मुमेन्ट गरेको पाएका छौ,” ढकालले भने ।

बाघको पत्ता लाग्न साथ प्राविधिकको सहयोग बाघलाई बेहोस गराएर वाईल्ड एम्बुलेन्समा राखेर बाघलाई व्यवस्थापन गर्ने तयारीमा निकुञ्जको टोलि लागेको छ ।

बिगत डेढ महिना देखि विनयी त्रिवेणिको दुम्किबास, मध्यविन्दुको आरुणखोला आसपास बाघको आक्रमणमा परेर २ जनाले ज्यान गुमाएका छ्न भने १ जना घाईते भएका छ्न । बाघको आतंक बढे संगै स्थानीयहरु वनमा चौपाय चराउन, सालको पात टिप्न जान छोडेका छ्न भने पुर्व पश्चिम महेन्द्र राजमार्ग भएर दुई पांग्रे सवारी साधनमा यात्रा गर्नेहरुमा पनि त्रासको अवस्था देखिएको छ ।

प्रकाशित : २०७८ माघ ३ गते ९:२२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI