नवलपुरमा थप ७१ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ११ गते १७:५४

नवलपुर । नवलपुरमा पछिल्लाे २४ घन्टामा थप ७१ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले  जनाएको छ । एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित मध्ये सबैभन्दा बढी गैडाकोट नगरपालिकामा मात्रै ३२ जना रहेका छन । त्यसैगरी कावासोती नगरपालिकामा मात्रै १० जना रहेका छन् । त्यसैगरी मध्यविन्दु नगरपालिकामा ७, देवचुली नगरपालिकामा ९ जना, विनयीत्रिवेणी गाउँपालिकामा २ जना, हुप्सेकोट गाउँपालिकामा ५ जना र बुलिङ्गटार गाउँपालिकामा २ जना र निजि अस्पतालमा गरिएको परिक्षणका क्रममा ५  जनामा संक्रमण देखिएको हो । नवलपुरमा यो सँगै सकृय संक्रमितको संख्या ४ सय ९९ पुगेको छ ।

प्रकाशित : २०७८ माघ ११ गते १७:५४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI