नयाँ बर्षमा नारायणीमा घुईचो

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १ गते १३:३६
नयाँ बर्षमा नारायणीमा घुईचो

नारायण शर्मा/पूर्वी नवलपरासी
नयां वर्षको अबसरमा नारायणी नदीमा स्नानगर्नेको घुइचो लागेको छ । बिहिवार बिहानैदेखि नदी किनारका घाटमा स्नान गर्ने , पुजापाठ गर्ने र दानदिनेहरुको घुइचो लागेको छ ।

नारायणी नदी किनारका गैडाकोट, पिठौली, सिख्रौलीघाट, गुन्द्रहीघाट, त्रिवेणीधाममा भक्तजनहरुको भिड लागेको छ । त्रिवेणी स्थित गजेन्द्रमोक्षधामका स्वामी कृष्णप्रपन्ननाचार्यका अनुसार त्रिवेणीधामको गजेन्द्रमोक्ष दिब्यधाममा नेपाली र छिमेकी भारतिय भक्तजन भरीभराउ छन । बाल्मीकी आश्रम नजिकको नाराणी नदीमा स्थान गरेर दान गर्नाले पुन्य मिल्ने बिश्वासले नेपाल भारतका हजारौ तिर्थालु नया वर्षका अबसरमा त्रिवेणीधाममा आउने गर्छन । यहाका मठमन्दिरमा भर्जन किर्तन गर्ने चलनपनि छ ।

पंडित चुडामणी भटराईका अनुसार नयांवर्षका दिन नारायणी स्नान गरी नजिकमा मठमन्दिरमा पुजाआजा गरेर ब्राम्हण र दिनदुखिलाई दान गर्नाले वर्षभरी पुन्य मिल्ने र रोगब्याधि नलाग्ने बिश्वास रहेको छ । वर्ष शुभ रहोस भनेर सूर्य मिन राषिवाट मेषराषिमा आउने भएका कारणले वर्षभरी नै भगवात आर्षिवाद प्राप्त रहोस भन्ने मनोकांक्षा प्ुरा गर्ने भएकाले स्नान र पुजाकर्म गरिने भटराई बताउछन ।

बिहानैदेखि सबै उमेर समुहका भक्तजनहरुको नदी किनारमा घुइचो लागेको छ ।

प्रकाशित : २०७९ वैशाख १ गते १३:३६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI