बुटवल नारायणगढ सडक खण्ड २१ घण्टा पछि खुल्यो

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १६ गते ८:३८
बुटवल नारायणगढ सडक खण्ड २१ घण्टा पछि खुल्यो

कावासोती,असार १६-

नारायणगढ-बुटवल सडकखण्डको अरुणखोला-दुम्कीबास खण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि अवरुद्ध बनेको सडक २१ घण्टापछि सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय खहरेखोलामा आएको बाढीले बगाएपछि बुधबार बिहान ६ बजेपछि राजमार्ग ठप्प बनेको थियो ।नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक आज बिहीबार बिहान ३ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । पुनः डाईभर्सन बनाइएपछि रोकिएका सयौं सवारीसाधन अहिले चल्न थालेका छन् । सडकमा सवारीसाधनको चाप भएकाले लेन अनुसासन कायम गर्दै सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित : २०७९ असार १६ गते ८:३८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI