नवलपुर क्षेत्र नं २ मा एमालेबाट प्रत्यक्ष तर्फ तिलक महतको मात्रै नाम प्रस्ताव

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १९ गते १८:५८
नवलपुर क्षेत्र नं २ मा एमालेबाट प्रत्यक्ष तर्फ तिलक महतको मात्रै नाम प्रस्ताव

नवलपुर । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार छनौट सुरु गरेको छ ।

शनिबार दलदलेमा बसेको एमालेको उम्मेदवार सिफारिस बैठकमा नवलपुर क्षेत्र नं २ को प्रतिनिधि सभा र प्रदेश सभा का लागि २९ जनाले उम्मेदवार बन्न नाम दर्ता गराएका हुन ।

क्षेत्र नं २ को प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एमाले केन्द्रिय सदस्य समेत रहेका तिलक महतको एकल आवेदन परेको छ ।

त्यसै गरि समानुपातिक तर्फ भने ज्ञान बहादुर बाेटे, सुरज कुमार कहार र दान कुमारी पाण्डेले आकांक्षा व्यक्त गरेका छ्न ।

त्यस्तै प्रदेशसभा तर्फ दुईकाे क मा प्रत्येक्षमा सुर्य प्रसाद पाण्डे ,पद्मा जिसी श्रेष्ठ र माेहदत्त अधिकारी र समानुपातिकमा क मा लिला पोख्रेल थनेत,युक्तप्रसाद गाैडेल, नेत्र बहादुर विश्वकर्मा, चिन्तामणी महताे चौधरी, पूर्ण प्रकाश सुनार, सरस्वती पन्थी, प्रेमशंकर मर्दनिया, बाल प्रसाद ठाडा मगरले आकांक्षा व्यक्त गर्दै नाम दर्ता गराएका हुन ।

त्यस्तै २ काे ख मा प्रत्यक्ष तर्फ लक्ष्मण बहादुर पाण्डे ,पदमराज लम्साल, कर्ण बहादुर सुनारी, बाबुराम पाण्डे, रामप्रसाद आचार्य र समानुपातिक तर्फ दिपक विश्वकर्मा, सागर लुइटेल, जोगमाया महतो, लक्ष्मी सुनार, रन्नता काफ्ले, राधा ढकाल, सरिता शर्मा भट्टराई, सुनिता गहतराज सुनार र केवल बहादुर पाल्पालीले आकांक्षा व्यक्त गर्दै नाम दर्ता गराएका हुन ।

एमालेले आगामी भदौ २० गते जिल्ला कार्यसमितिको बैठकबाट उम्मेदवारको नाम माथिल्लो कमिटीमा सिफारिस गर्ने जनाएको छ ।

प्रकाशित : २०७९ भदौ १९ गते १८:५८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI