रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १४ गते ६:३३
रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याालले पाएका छन् ।

शुक्रबार बेलुका केन्द्रीय कार्यालय बसुन्धारामा बसेको आपतकालीन केन्द्रीय समितिको बैठकले उनलाई कार्यवाहक सभापति र संसदीय दलको नेताको जिम्मेवारी दिएको प्रवक्ता मुकुद ढकालले जानकारी दिए ।

सभापति रवि लामिछाने पदमुक्त भएपछि  आकस्मीक  रूपमा बसेको केन्द्रीय समितिको बैठकले अर्याललाई अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी दिइएको हाे ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले पार्टीका सभापति  लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उपप्रधान तथा गृह मन्त्री र सभापतिबाट पदमुक्त भएका छन् ।

कार्यवाहक सभापति र दल नेता चयन भएका अर्याल सरकारकाे श्रम, रोजगार तथासामाजिक सुरक्षामन्त्री हुन् ।

प्रकाशित : २०७९ माघ १४ गते ६:३३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI