जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गैंडाकोटका गोकुल सापकोटाको उम्मेदवारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ९ गते १८:४१
जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गैंडाकोटका गोकुल सापकोटाको उम्मेदवारी

अजय पौडेल/मङ्सिर ९, गैंडाकोट

नेपाल जेसिज बर्ष २०२० को लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गैंडाकोट जेसिजका पुर्ब अध्यक्ष तथा बर्तमान राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ । कुशल नेतृत्व तथा प्रखर बक्ता सापकोटाले यस अगाडि गैंडाकोट जेसिजको अध्यक्ष हुँदा पनि विभिन्न सामाजिक कार्यहरु गर्नुभएका सापकोटालाई गैंडाकोट जेसिजले पनि उमेदवारको रुपमा अगाडी सारेको छ । देशभरका जेसिज युवाहरुसंग राम्रो सम्बन्ध रहेका सापकोटाले राष्ट्रिय उपाध्यक्ष हुँदा गर्न नपाएका अधुरा कार्यहरू गर्ने बाचा गर्नुभएको छ । जेसिज इतिहासमा लामो अनुभव भएका सापकोटा अन्य सामाजिक संघ/संस्थामा पनि आबद्द हुनुहुन्छ । नेपाल जेसिजको यहि पुस ९ देखि १२गतेसम्म चितवनको रत्ननगरमा हुने राष्ट्रिय महाधिनेशनको लागि अन्य विभिन्न ब्यक्तीहरुको पनि उम्मेदवारी दिने क्रम सुरु भैसकेको छ । देशभरका युवा जेसिजहरुको लागि राम्रो काम गरेकाले आफुले जित्नेमा ढुक्क रहेको सापकोटाले बिश्वास ब्यक्त गर्नुभयो ।

प्रकाशित : २०७६ मंसिर ९ गते १८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI