लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ४ गते १८:३०
लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न

देवचुली/५ माघ
लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आज देवचुली-४ झाक्रेंमा सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नं ४ का किशोर किशोरीहरुलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रम स्थानीय शान्ति सृजना आधारभुत विद्यालयमा सम्पन्न भएको हो । देवचुली-४ का वडा अध्यक्ष गिरबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम देवचुली नगरपालिकाका बालमैत्री परामर्श दाता खिमानन्द भुसाल र जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले किशोर किशोरीहरुलाई अभिमुखिकरण गर्नु भएको कार्यक्रममा स्थानीय बाल क्लब , युवा कल्बमा आबद्द ६० भन्दा धेरै किशोरकिशोरीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित : २०७६ माघ ४ गते १८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI