No ads found for this position

प्रणय दिवसका लागि गुलाफ आयातमा कमी, मूल्य नबढ्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १८ गते १७:१३
No ads found for this position
प्रणय दिवसका लागि गुलाफ आयातमा कमी, मूल्य नबढ्ने
No ads found for this position

विगतको वर्षको तुलनामा यस वर्ष प्रणय दिवसका लागि रातो गुलाफ फूलको आयात कम हुने भएको छ । बजार माग कम भएकाले रातो गुलाफ फूलको आयात कम हुने भएको हो । गत वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएकामा यो वर्ष भने रु एक करोड मूल्यको एक लाख २० हजार ‘स्टिम’ गुलाफ मात्र आयात गर्न लागिएको हो । बजारको माग कमी रहेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा कम परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । प्रणय दिवसमा खपत हुने एक लाख ५० हजार स्टिम गुलाफमध्ये एक लाख २० हजार बाहिरी देशबाट ल्याइने र ३०  हजार स्वदेशमै उत्पादन हुने जनाइएको छ । एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफको यस वर्ष मूल्य बढ्ने छैन ।

 नेपालमा वार्षिक रु २० करोडको गुलाफ फूलको कारोवार हुने गरेको छ । प्रणय दिवसकै लागि भने रु दुई करोडको कारोवार हुने गर्दछ ।  आन्तरिक उत्पादन ३० र बाह्य देशबाट आयात गरिने ७० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एसोसिएशनले जनाएको छ । प्रयोगकर्ताको कमी भएकाले विगतको वर्ष जस्तै यस वर्ष पनि प्रतिगुलाफ रु ७० देखि १०० सम्म उपभोक्ताले खरिद गर्नुपर्ने हुनेछ ।   
 

प्रकाशित : २०७६ माघ १८ गते १७:१३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI