विकास कोईरालाको कारवाही फिर्ता गराउन काग्रेस चितवनद्वारा सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३ गते २०:११
विकास कोईरालाको कारवाही फिर्ता गराउन काग्रेस चितवनद्वारा सिफारिस

पूर्व जिल्ला सभापति विकास कोईरालाको कारवाही फिर्ता गराउन नेपाली काग्रेस चितवनले केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

पार्टी सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कोईरालाको कारवाही फिर्ता गर्न गराउन केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला समितिको सोमबार बसेको बैठकले कारवाही फिर्ताका लागी सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला सभापति  श्रेष्ठले बताए । छ बर्ष पुरा भएपछि कार्वाही स्वतह खारेज हुने नेपाली कांग्रेसको बिधानमा उल्लेख छ ।

तत्कालीन पार्टी केद्य्रिय सभापति सुशीलक कोईराला बिरुद्ध संसदीय चुनावमा उमेदवारी दिएपछि कोईराला कार्वाहिमा परेका थिए । कोईरालालाई २०७० सालको संविधान सभा निर्वाचनमा केन्द्रीय सभापति सुशिल कोइरालाको विरुद्धमा उम्मेद्धवारी दिएको भन्दै तत्कालिन केन्द्रीय समितिले निलम्बन गरेको थियो ।

प्रकाशित : २०७६ चैत ३ गते २०:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI