कावासोतीको गुन्द्रहीढकाहा वनमा गैँडा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख २५ गते १२:३१
कावासोतीको गुन्द्रहीढकाहा वनमा गैँडा मृत फेला

कावासोती । नवलपुरको कावावोती-१५मा रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनमा गैँडा मृत फेला परेको छ ।

प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उक्त गैँडाको खाग र खुर सुरक्षीत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

गैँडा मृत फेला परे पछि निकुञ्जको चिकित्सक सहितको प्राविधिक टोलि घटनास्थल तर्फ जादै गरेको तिवारीले बताए ।

चालु आर्थिक वर्षमा प्राकृतिक तथा चोरी शिकारीको कारणले २१ वटा गैँडा मरेका छ्न ।

प्रकाशित : २०८१ वैशाख २५ गते १२:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI