लकडाउनमा नवलपुरमा बढयो तस्करी : ठूलो परिमाणमा काठ बरामद

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २२ गते १२:५६
लकडाउनमा नवलपुरमा बढयो तस्करी : ठूलो परिमाणमा काठ बरामद

कावासोती : लकडाउनको समयमा नवलपुर जिल्लामा वन तस्करहरु सक्रिय बनेका छन् । यस समयको फाईदा उठाउदै तस्करहरुले रुख काट्ने काम गरिरहेका छन् । जिल्लामा तस्करहरु सक्रिय बनेपछि डिभिजन वन कार्यालय नवलपुरलाई बन जोगाउन हम्मे हम्मे परेको छ । लकडाउनको समयमा भएको फितलो सुरक्षा व्यवस्था र निरन्तर निगरानीको कमीका कारण मौका छोपेर बन तस्करहरु सक्रिय बनेका हुन् ।

पुर्बी नवलपरासीको बुलिङटार र गैडाकोट बाट लकडाउनको फाईदा उठाउदै अबैध रूपमा बन तस्करले कटान गरि राखिएका ठुलो परिणामा सालको गोलिया काठ शुक्रबार बरामद भएको छ ।

डिभिजन बन कार्यलय नवलपुरका अनुसार बुलिङटार १ मोचडाडाबाट अबैधरूपमा कटान गरि राखिएका ६२ थान सालका गोलिया बन कार्यलयबाट गएको ज्योति कोईराला सहितका टोलिले बरामद गरेको हो ।

यसै गरि गैडाकोट १७ मा रहेको भेडाबारी सामुदायिक बन को बाटोमा तस्करहरूले ठुलो परिणामा अबैध रूपमा सालका रूख कटान गरेका थिए । सहायक बन अधिकृत शिव श्रेष्ठ सहित गएको टोलीले अहिले काटिएका रूखको लागत संकलन गरिरहेको छ । तस्करहरुले दिउसै समेत रुख काट्न प्रयास गरेपछि डिभिजन वन कार्यालय नवलपुरले यसलाई गम्भिर रुपमा लिँदै सुरक्षा मजवुत पार्ने तयारी गरेको डिभिजन प्रमुख पुर्णेश्वर सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार यसअघि मंगलबार गैंडाकोट नगरपालिकामा पर्ने वन क्षेत्रमा केहि तस्करहरुले रुख काटेर लैजान खोजेपछि गोप्य सुचनाको आधारमा त्याहाँ पुगेको वनको टोलीले त्यो प्रयास विफल बनाईदिएको थियो ।

डिभिजन प्रमुख पुर्णेश्वर सुवेदी सहित पुगेको टोलीले एक जना व्यक्तीलाई पक्राउ गरेको थियो । अरु तस्करहरु भने भाग्न सफल भएको सुवेदीले बताउनुभयो । उनिहरुको साथबाट एउटा म्याजिक भ्यान , केहि थान काठ काट्न प्रयोग गर्ने आरा समेत बरामद भएको सुवेदीले बताए । पक्राउ परेका व्यक्तीलाई भने कोरोनाको त्रासकै कारण हिरासतमा राख्न नसकिएको सुवेदीको भनाई छ । उनलाइ तारेखमा रिहा गरिएको सुवेदीले बताउनुभयो ।

लकडाउन शुरु भएपछि चैत्र १३ गते ज्योतीकुञ्ज सामुदायिक वनमा समेत तस्करहरुले काठ तस्करी गर्न खोजेका थिए । वन तस्करी भईरहेको थाहा भएपछि पुगेको बनको टोलीले सो स्थानबाट २ थान काठ काट्न प्रयोग गर्ने आरा , २ गोलिया काठ र उक थान मोटरसाईकल वरामद गरेको थियो । तस्करहरु भने भाग्न सफल भएको प्रमुख सुवेदीले बताउनुभयो । उहाँले भागेका तस्करहरुको खोजी भईरहेको आबश्यक कानुनी प्रक्रिया जारी रहेको बताउनुभयो ।

सुवेदीले लकडाउनको मौका छोपेर तस्करहरु सक्रिय भएको भन्दै यस्तो विपद्को बेलामा समेत अपराध गर्नेलाई कडा कारवाही गर्ने बताउनुभयो । “बन तस्करको बारेमा कसैसंग कुनै सम्झौता हु्ँदैन , कडा कारवाही हुन्छ , अपराधीहरुको खोजी भईरहेको छ ।” सुवेदीले भन्नुभयो । सुवेदीले लकडाउन र कोरोनाको त्रासकै कारण पनि आबश्यक कारवाही गर्न समस्या परेको बताउनुभयो । “पक्राउ परेकालाई समेत हिरासतमा राख्न सकिएको छैन , यस्तो बेलामा हामीले गस्तिलाइ भने प्रभावकारी बनाएका छौं । ” सुवेदीले भन्नुभयो । उहाँले विपद्को मौका छोपेर अपराध गर्नेहरुलाई हदै सम्मको कारवाही हुने बताउनुभयो ।

प्रकाशित : २०७६ चैत २२ गते १२:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI