भारतमा एकै परिवारका ८ नेपालीलाई कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २९ गते ७:३७
भारतमा एकै परिवारका ८ नेपालीलाई कोरोना संक्रमण

भारतमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै नेपाली हुन् । मुम्बईको गिरगाउँ चौपाटी उनीहरु बस्नै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको बताइएको छ।

उनीहरुमध्ये २ जनालाई मुम्बईकै पिब्लुडी अँधेरीको गेस्टहाउसमा र अन्यलाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ। स्रोत- लोकपथ डटकम

प्रकाशित : २०७६ चैत २९ गते ७:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI