हुप्सेकोटको मयुरपोखरी सामुदायिक वन द्वारा उपभोक्तालाई सेनिटाईजर वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १३ गते १८:१३
हुप्सेकोटको मयुरपोखरी सामुदायिक वन द्वारा  उपभोक्तालाई सेनिटाईजर वितरण

हुप्सेकोट । मयुर पोखरी सामुदायिक बन उपभोक्ता समिती हुप्सेकोट ३ बेलाहानिले आफ्ना उपभोक्तालाई सेनिटाईजर बितरण गरेको छ । यस अघि साबुन बितरण गरेको समितिले आज एक कार्यक्रमका बिच ७ सय ७० उपभोक्तालाई सेनिटाईजर बितरण गरेको हो । सो अबसरमा कोभिड 19 बाट बच्नका लागि नियमित रुपमा सेनिटाईजर अथवा साबुनपानीले हात धुन अनुरोध गर्दै कोरोनाबाट बच्ने उपायको सन्दर्भमा उपभोक्तालाई जनचेतना फैलाईएको बनका अध्यक्ष मदन थापाले जानकारी दिए ।

प्रकाशित : २०७७ वैशाख १३ गते १८:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI