सिमा नाकामा अलपत्र २३ जनालाई स्वास्थ्य परिक्षण गरि नवलपुर ल्याईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ५ गते १०:०९
सिमा नाकामा अलपत्र २३ जनालाई स्वास्थ्य परिक्षण गरि नवलपुर ल्याईयो

रामकुमार श्रेष्ठ –नवलपरासी, ५ जेठ । नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका २३ जनालाई गए राति पूर्वी नवलपरासी ल्याइएको छ । पूर्वी नवलपरासीका २२ जना र तनहूँका एक जना गरी २३ जनालाई गएराति पूर्वी नवलपरासीमा आइपुगेका छन् ।

पश्चिम नवलपरासीको सीमा नाकामा रोकिएका २३ जनालाई पश्चिम नवलपरासीबाट पूर्वी नवलपरासी ल्याइएको हो । तिनीहरुलाई पश्चिम नवलपरासी प्रहरीले स्वास्थ्य चेकजाँच गरी लु १ ग ३४५ नम्बरको गाडीमा राखेर कावासोती पठाइएको थियो । ति मध्ये २० जना बौदीकालीका, एक जना मध्यविन्दु नगरपालिका ६, भण्डाराका, एक जना हुप्सेकोट ४ का र एक जना तनहूँ नेवारपानीका रहेका छन् ।

राति आइपुगेका उनीहरु अहिले जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतीको रिफ्रेस सेन्टरमा रहेका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय तहको जिम्मामा क्वारेन्टिनमा राखिने गरी पठाइने तयारी भएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुर जिल्ला भित्र आएका कसैमा पनि अहिलेसम्म कोरोना पोजेटिभ देखिएको छैन भने भारत हुँदै नवलपुर आएका तर जिल्ला प्रवेश नगरी चितवन अस्पताल पुगेका नवलपुरका एक जनामा भने कोरोना देखिएको छ । उनको अहिले आइसोलेशनमा उपचार भईरहेको छ ।

प्रकाशित : २०७७ जेठ ५ गते १०:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI