No ads found for this position

कालापानी नेपालको हो, फिर्ता ल्याएरै छाड्छौँ र देशमा दीपावली गर्छौं : प्रधानमन्त्री ओली

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते १३:४२
No ads found for this position
कालापानी नेपालको हो, फिर्ता ल्याएरै छाड्छौँ र देशमा दीपावली गर्छौं : प्रधानमन्त्री ओली
No ads found for this position

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी नेपालकै भूमि भएको प्रष्ट पार्दै फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्ति गर्नुभएको छ । उहाँले विक्रम सम्बत २०१८ सालसम्म त्यहाँ नेपाल सरकारले तिरो उठाउँदै आएको चर्चा गर्दै पछि त्यहाँ नेपालको उपस्थिति बन्द भएको बताउनुभयो । उहाँले त्यतिखेरका शासकहरु पछि हटे पनि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट वर्तमान सरकार पछि नहट्ने अडान व्यक्त गर्दै भन्नुभयो, ‘हाम्रो भूभाग हो । हामी फिर्ता लिएर छाड्छौँ ।’ कालापानीको जमिनमा कुनै पनि विवाद नरहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक माध्यमबाट गुमेको भूभाग फिर्ता लिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकार तथाकथित राष्ट्रवादमा विश्वास नराख्ने बताउनुभएको छ । नेपाल दुई ठूला शक्तिको बीचमा रहेको उल्लेख गदै उहाँले नेपाल जस्तो सानो मुलुकले देखावटी राष्ट्रवाद र लम्पसार राष्ट्रवादको बाटो समात्न नहुने प्रष्ट पार्नुभएको छ । उहाँले कालापानी फिर्ता ल्याएर नेपालमा खुसीको दीपावली गरिने पनि प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रकाशित : २०७७ जेठ ६ गते १३:४२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI