चितवनमा मृत्यु भएका वृद्धमा कोरोना देखिएन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते १८:३४
चितवनमा मृत्यु भएका वृद्धमा कोरोना देखिएन

चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ६८ वर्षका वृद्धमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार अस्पतालको आईसीयू कक्षमा उपचाररत रौतहटको परोहा नगरपालिका– ८ का एक वृद्धको मृत्यु भएको थियो ।

ती वृद्धलाई कोरोना संक्रमण भएको आशंकामा भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा संक्रमण नभएको पाइएको भरतपुर अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएका वृद्धलाई क्यान्सर भएको आशंकामा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रेफर गरिएको थियो । तर उनको भरतपुर अस्पतालमै मृत्यु भयो ।

प्रकाशित : २०७७ जेठ ६ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI