शिक्षा कार्यविधि बदर र कोरोना कोषको हिसाब माग गर्दै कावासोती काङ्ग्रेसले बुझायो ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते २०:३०
शिक्षा कार्यविधि बदर र कोरोना कोषको हिसाब माग गर्दै कावासोती काङ्ग्रेसले बुझायो ज्ञापनपत्र

कावासोती : नेपाली काग्रेस कावासोती नगर समितिले नगरपालिकाका बिभिन्न शैक्षिक प्रावधानमा आपत्ती जनाएको छ । काँग्रेसले ति शैक्षिक प्रावधानहरु सच्च्याउन माग गर्दे मंगलबार नगर प्रमुख समक्ष ज्ञापन पत्र समेत बुझाएको छ । काँग्रेसले मंगलबार बुझाएको ज्ञापनपत्रमा कावासोती नगरपालिकाको नगर शिक्षा ऐन संघिय शिक्षा ऐन संग बाझिएकाले बदर गर्न माग गरिएको छ । सो ज्ञापन पत्रमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन अधिकार नगरपालिकाले आफुमा निहित गर्दा त्यसले बिद्यालयहरु राजनितिक दाउपेचको शिकार हुने भन्दै सो खारेजीको माग गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ ,“बिद्यालयका शिक्षक र कर्मचारीहरुको सरुवा , बढुवा गर्दा बिद्यालय व्यवस्थापन समितिको दोहोरो सहमती लिनु नपर्ने प्रावधानले पेशागत मर्यादामा गम्भिर आँच पुग्ने देखिन्छ तसर्थ दोहोरो सहमतीमा मात्र शिक्षक सरुवाको व्यवस्था मिलाईयोस् ।” काँग्रेसले प्रधानाध्यापक नियुक्त गर्ने मापदण्डलाई व्यवहारिक र राजनैतिक पुर्वाग्रह मुक्त बनाउन शिक्षक संघ र संगठनका प्रतिनिधिहरु संग अनिवार्य अन्तरक्रिया गर्न पनि माग गरेको छ ।
काँग्रेसले बुझाएको ज्ञापन पत्रमा बर्तमान महामारीका बेलामा निजि स्रोतबाट सेवा सुविधा प्राप्त गर्ने शिक्षकहरुलाई अनिवार्य तलव भत्ताको व्यवस्था गर्न पनि माग गरेको छ । यसगरि उपमेयरको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समितिले गरेका काम र त्यसको आयव्यय को समेत सार्वजनीक गर्न माग गर्दे नगरपालिकाले संचालन गर्ने आर्थिक गतिबिधिलाई पारदर्शी गर्न माग गरेको छ ।
जेठ ४ गते बसेको नगर शिक्षा समितिको बैंठकमा शिक्षा समितिका सदस्य एवम् कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले नगर शिक्षा ऐनको बिभिन्न प्रावधान प्रति असहमती जनाउँदै नोट अफ डिसेण्ट लेखेका थिए । उनले भने, “शिक्षक सरुवामा दोहोरो सहमति  आबश्यक छ भनेर मैले भनेको छु , त्यो नभए पक्षपातपुर्ण व्यवहार हुन सक्छ । त्यो चाहिँदैन भन्ने प्रावधानमा मेरो असहमती हो ।” श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट निर्वाचत वडा अध्यक्ष हुन् । उनले नगर शिक्ष ऐन संघिए ऐन संग बाझिएकाले सुधार गरेर लान आबश्यक भएको  बताए । मंगलबार नेपाली काँग्रेसको तर्फबाट ज्ञापन पत्र बुझाउन नगर सभापति मुकुन्द प्रसाद भट्टराई , नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे , काँग्रेसका नेताहरु महेन्द्र प्रसाद पोख्रेल , कपिलदेब भुषाल , झपेन्द्रश्वर भुषाल , नगर सचिवद्धय श्याम बस्ताकोटी , शालिकराम ढकाल लगायत नेताहरु नगरपालिका पुगेका थिए ।

प्रकाशित : २०७७ जेठ ६ गते २०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI