No ads found for this position

नेपालले जारी गरेको नयाँ नक्साको पक्षमा उभिँदा मनिषाको बिपक्षमा खनियो भारतीय मिडिया

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते १८:४०
No ads found for this position
नेपालले जारी गरेको नयाँ नक्साको पक्षमा उभिँदा मनिषाको बिपक्षमा खनियो भारतीय मिडिया
No ads found for this position

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया खनिएको छ ।

भारत र नेपालको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै एबिपीले लेखेको छ, ‘नेपालमा जन्मेकी अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छन् । उनीहरुको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।’

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषाको आलोचना गरेका छन् । उनको यो पक्षधरतालाई केही भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत लेखेका छन् । नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप लगाएका छन् ।

परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले सोमबार लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’ उनको ट्वीटलाई ७ सय भन्दा बढीले रिट्वीट गरेका छन् ।

अभिनेत्री कोइराला नेपालमा जन्मे पनि उनले भारतलाई कर्मथलो बनाइन् । लामो समय बलिउडमा राज नै गरिन् । सौदागर, बम्बे, अग्नीसाक्षी, खामोशी, १९४२– अ लभस्टोरी, दिलसे, मन, अकेले हम अकेले तुम, गुप्त, कम्पनी लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी मनिषा हिन्दी फिल्ममा उत्कृष्ट अभिनय गर्ने अभिनेत्रीमा पर्छिन् । ईकान्तिपुरबाट

प्रकाशित : २०७७ जेठ ७ गते १८:४०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI