डिभोर्सपछि जीवनको रथ एक्लै तानिरेहका सिने क्षेत्रका आधादर्जन अब्बल नायिका

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते १२:४२
डिभोर्सपछि जीवनको रथ एक्लै तानिरेहका  सिने क्षेत्रका आधादर्जन अब्बल नायिका

कलाकारिताको क्षेत्रमा वैवाहिक जीवनमा मतभेद आएपछि पारपाचुके गर्नेहरु धेरै छन् । अझ धेरै नायिकाहरुको पारपाचुके भएको । यो नेपाली चलचित्र क्षेत्रमा भन्दा धेरै बलिउड र हलिउडमा देखिन्छ । पारपाचुके गरेर केहि नायिकाहरुले एक्लो जीवन विताइरहेका छन भने केहिले फेरि वैवाहिक जीवन सुरु गरेका छन् । तर नेपाली चलचित्र क्षेत्रमा धेरै नायिकाहरु पारपाचुकेपछि एक्लो जीवन चलाइरहेका छन् ।


गौरी मल्ल


गौरी मल्लले चलचित्र सन्तानबाट डेब्यु गरेकी हुन् । अब्बल अभिनयका कारण उनी नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि अन्तत उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म अर्को विवाह नगरी एक्लै बस्दै आएकी छिन् ।


मनिषा कोइराला


मनिषा कोइराला केहि समयसम्म बलिउडमा नम्बर १ नायिकाको स्थान हासिल गरेकी नायिका हुन् । नेपाली फिल्म फेरि भेटौलाबाट डेब्यु गरेपनि बलिउडमा भने उनले टप ब्यानरको सौदागरबाट झुल्किने मौका पाइन र उनी त्यहि फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले बिजनेस म्यान सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर यो विवाह छोटो समयमा नै पूर्ण विराम लाग्यो । अहिले एक्लो जीवन विताइरहेकी छन् ।


मौसमी मल्ल


नेपाली चलचित्र क्षेत्रकी कुनै समयकी चर्चित नायिका हुन्, मौसमी मल्ल । उनको १५ वर्ष कै उमेरमा धन विक्रम मल्लसंग विवाह भएको थियो । उनको वैवाहिक जीवन बल्लतल्ल नौ वर्ष टिक्यो । तर पारपाचुके गरेको लामो समय वितिसक्दा पनि उनी एक्लो जीवन बिताइरहेकी छन् ।

अरुणिमा लम्साल


अरुणिमा लम्साल पनि एक समयकी चर्चित नायिका हुन् । उनको पनि वैवाहिक सम्बनध निरन्तर रहन सकेन् । अमित अर्यालसंग विवाह गरेकी लम्सालले १२ वर्षमा गरिन् । उनी पनि अहिले एक्लो जीवन चलाइरहेकी छन् ।


रेखा थापा


उहिलेदेखि अहिलेसम्म चर्चामा रहेकी नायिका रेखा थापा पनि एक्लो जीवन विताइरहेकी छन् । रेखालाई नेपाली चलचित्र क्षेत्रमा हिम्मतवाली नायिकाका रुपमा लिइन्छ । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्बन्धलाई टुंग्याएकी रेखा अहिल जीवनको रथ एउटा पाङ्ग्राले तानिरहेकी छन् ।


चुल्ठिम डोल्मा


चलचित्र नोभेम्बर रेन बाट चर्चा कमाएकी चुल्ठिम डोल्माले गायक धिरज राईसंग विवाह जीवन सुरु गरिन् । उनको बैवाहिक सम्बन्ध पनि लामो जान सकेन् । अहिले चुल्ठिम र धिरज अलग छन् । हाल उनी एक्लै बस्दै आएकी छिन् ।

प्रकाशित : २०७७ जेठ ११ गते १२:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI