नरैनापुरलाई निषेधित क्षेत्र घोषणा , सेना परिचालन गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते १७:०५

११ जेठ, काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।


नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् । ‘विरामीमा यहाँ -नेपालगञ्ज) ल्याउने लगायतका सन्दर्भमा समुदायको पर्याप्त साथ सहयोग नभएपछि निषेधित क्षेत्र घोषणा घोषणा गर्नु परेको हो’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने ।


स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

प्रकाशित : २०७७ जेठ ११ गते १७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI