No ads found for this position

मृतकका परिवारलाई ट्रस्ट मार्फत भण्डारीको आर्थिक सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते २१:५०
No ads found for this position
मृतकका परिवारलाई ट्रस्ट मार्फत भण्डारीको आर्थिक सहयोग
No ads found for this position

नारायण प्रभु
जेठ ११ नवलपुर
पुर्वी नवलपरासीको कावासोती ६ मा भएको शोकसभा कार्यक्रममा मृतकका परिवारलाई आर्थिक सहयोग गरिएको छ।जेठ ३ गते आफ्नै निवासमा विषादी सेवन गरेर ज्यान गुमाएकी २० वर्षीय रिया बि.क.को नवौं दिनको पुण्य तिथिमा शोकसभा गरिएको हो।

नेपाली काङ्ग्रेस कावासोती ६ को आयोजनामा गरिएको कार्यक्रममा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टले सहकार्य गरेको हो।कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टका संस्थापक श्याम श्रेष्ठले शोक मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा वडाध्यक्ष हेम प्रसाद पाण्डे,दुर्गा अधिकारी,लालचन श्रेष्ठ, रुद्र सापकोटा,एम.डि.कंडेल,भरत गौडेल,राम प्रसाद ज्ञवाली, आस्था श्रेष्ठ, गोकुल कंडेल, प्रवीण पौडेल लगाएतको उपस्थिति रहेको थियो।


निरन्तर समाजसेवामा काम गरिरहेको मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट मार्फत मृतकका परिवारलाई  कावासोती ५ निवासी व्यवसायी अमित भण्डारीले नगद ६ हजार आर्थिक सहयोग गर्नु भएको छ।वडा सभापति झबिन्द्र काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा सचिब दिपेन्द्र बस्यालले सहजीकरण गर्नु भएको थियो।

प्रकाशित : २०७७ जेठ ११ गते २१:५०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI