No ads found for this position

विश्व स्वास्थ्य संगठनद्धारा हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षण बन्द गर्ने निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १३ गते ११:५७
No ads found for this position
विश्व स्वास्थ्य संगठनद्धारा हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षण बन्द गर्ने निर्णय
No ads found for this position

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसविरुद्ध उपयोगी मानेर प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको क्लिनिकल परीक्षणमा राेक लगाएकाे  छ।

भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार गत् साता सार्वजनिक गरिएको एक अध्ययनले हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुनसक्ने देखाएको थियो। लगत्तै विश्व स्वास्थ्य सङ्गठनले तत्कालका लागि उक्त औषधिको प्रयोगशाला परीक्षण बन्द गर्ने निर्णयमा पुगेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रमुख टेड्रस अदनोम गेब्रेससले औषधि प्रयोगको सुरक्षाबारे पुनरावलोकनपछि प्रयोगशाला परीक्षण बन्द गर्ने निर्णयमा पुगेको जानकारी दिनुभयो।

यसअघि उक्त औषधि अमेरिकासहित कतिपय राष्ट्रमा कोभिड–१९ विरुद्ध प्रयोगमा ल्याइएको थियो । मलेरिया रोग विरुद्ध चलाइने उक्त औषधि भारतले विश्वभरि निर्यात गर्दैआएको छ । गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ १३ गते ११:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI