सबै राष्ट्रसेवक कर्मचारीको १ लाखको कोरोना बिमा निःशुल्क

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १६ गते ७:३९
सबै राष्ट्रसेवक कर्मचारीको १ लाखको कोरोना बिमा निःशुल्क

कोराेनाको अग्रपङ्क्तिमा बसेर काम गर्ने सबै राष्ट्रसेवकको निम्ति एक लाखसम्मको कोराेनाको बिमा निःशुल्क गरिएकाे छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज सङ्घीय संसदकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै साे जानकारी दिनुभएकाे हाे ।

त्यसैगरी, सरकारी निकाय तथा संस्थानमा कार्यरत सबै स्थायी, अस्थायी तथा करारमा कार्यरत कर्मचारीको पनि निशुल्क कोरोनाको बिमा गरिएको छ ।

साथै, अस्थायी तथा करारमा रहेका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराइनेछ ।

प्रकाशित : २०७७ जेठ १६ गते ७:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI