गण्डकी अपडेट : ६ जिल्लाका २४ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १८ गते १३:१०
गण्डकी अपडेट : ६ जिल्लाका २४ जनामा कोरोना संक्रमण
corona

गण्डकी प्रदेशका ६ जिल्लामा कोरोना संक्रमण भेटिएको छ । आइतबार मध्यान्ह सम्म प्रदेशभरका ११ मध्ये ६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेशको बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङका गरी अहिलेसम्म २४ जनामा कोरोना पुष्ट भएको छ । स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माका अनुसार बागलुङमा सबैभन्दा धेरै ८ जनामा कोरोना देखिएको छ । तीमध्ये २ जना घर फर्किसकेका छन् ।

बागलुङपछि स्याङजामा ७ जनामा कोरोना संक्रमण भेटिएको छ । तीमध्ये ५ जना वालिङ र २ जना ग्ल्याङका हुन् । स्याङजाकी एक जना महिला संक्रमितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । त्यसबाहेक नवलपुरका ६, लमजुङका १, म्याग्दीका १ र तनहुँका १ जनामा कोरोना पुष्टि भएको छ । तनहुँमा पहिलोपटक  एक जनामा कोरोना देखिएको हो ।

तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज बिहान कोरोना पुष्टि भएको हे । अहिलेसम्म भेटिएका संक्रमितमध्ये नवलपुरका ६ जनाको भरतपुर अस्पताल, लमजुङका १ जनाको जनस्वास्थ्य प्रयोगशाला टेकु र बाँकी १७ जनाको पोखरास्थित कोरोना परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।

प्रकाशित : २०७७ जेठ १८ गते १३:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI