आईतबार साँझसम्म नवलपुरमा भारत बाट आउनेको संख्या १ हजार ८० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते ५:२०
आईतबार साँझसम्म नवलपुरमा भारत बाट आउनेको संख्या १ हजार ८० पुग्यो

कावासोती । नवलपुर मा आइतबार (जेठ १८) सम्म भारतबाट आउनेको संख्या १ हजार ८० पुगेको छ ।

जिल्ला भित्र भारतबाट आउनेमा मध्यबिन्दु नगरपालिकामा सबैभन्दा धेरै २ सय १५ रहेको छ । यस्तै हुप्सेकोट गाउँपालिका १ सय ७१ जना, कावासोती नगरपालिकामा १ सय ३५, विनयी त्रिवेणी गाउँपालिकामा १ सय ८१, बौदींकाली गाउँपालिकामा १ सय २७, बुलिंगटार गाउँपालिकामा १ सय ४, देवचुली नगरपालिकामा ९९ र गैंडाकोट नगरपालिकामा ४८ जना भारतबाट आएका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

सबैपालिकाले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेका छन् ।जिल्लामा अहिलेसम्म पिसिआर माध्यमबाट कोरोनाको परीक्षण ३ सय ७ जनामा गरिएको छ जसमध्ये ६ जनामा कोरोना परीक्षण पोजेटिभ देखिएको छ । यस्तै अहिलेसम्म जिल्लामा २ हजार ४ सय ९ जनामा आरडिटी गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईंका अनुसार गएको जेठ १६ र १७ गते दुईदिनमा कोरोना परीक्षणका लागी गरिएको ५४ जनाको स्वाब संकलनको नतिजा आउँन बाँकी रहेको छ ।

जिल्लामा अहिलेसम्म ६ जना कोराना संक्रमित भेटिएका छन् । जसमा देवचुली नगरपालिका भित्र ५ छन् भने विनयी त्रिवेणीमा १ संक्रमित रहेका छन् ।

प्रकाशित : २०७७ जेठ १९ गते ५:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI