नवलपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते ६:३८
नवलपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
corona

कावासोती । नवलपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कावासोती नगरपालिकाका वडा नं १ का २२ र वडा नं १२ का ३६ वर्षिय पुरुष तथा विनयी त्रिवेणि गाउपालिकाका वडा नं ३ का १४ वर्षिय बालकमा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

संक्रमित तिनै जना भारतबाट आएर पालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका थिए । जिल्ला स्वास्थ्य कार्यालय नवलपुर का अनुसार कावासोति १ को जनकल्याण मावि, कावासोति १२ को शान्ति निकुञ्ज मावि र विनयीत्रिवेणीको शिशुकल्याण आधारभूत विद्यालयको क्वारेन्टाइनमा छन ।

उनिहरुलाई जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ९ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ १९ गते ६:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI