२४ घण्टामा विश्वभर १ लाख ८ हजार ७६७ जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते ७:४९
२४ घण्टामा विश्वभर १ लाख ८ हजार ७६७ जना कोरोना संक्रमित थपिए
corona

चौबीस घण्टामा विश्वभर १ लाख ८ हजार ७६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 

सबैभन्दा बढी अमेरिकामा २० हजार ३५० जना संक्रमित थपिएका छन् । अमेरिकामा १८ लाख ३७ हजार १७० जना संक्रमित पुगेका छन् । त्यस्तै दोस्रो स्थानमा ब्राजिल रहेको छ ।

ब्राजिलमा २४ घण्टामा १६ हजार ४०९ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा संक्रमित ५ लाख १४ हजार ८४९ पुगेका छन् । रसियामा नयाँ ९ हजार २६८ सहित संक्रमित थपिएका छन् भने रसियामा जम्मा ४ लाख ५ हजार ८४३ संक्रमित रहेका छन्। भारत चौथो स्थानमा रह्यो। भारतमा ८ हजार ७८२ जना संक्रमित थपिएर संक्रमितको संख्या १ लाख ९० हजार ६०९ पुगेको छ। समग्रमा भारत सातौं स्थानमा आइपुगेको छ । 

मृत्यु दर भने २४ घण्टामा घटेको छ। ३ हजार १९१ जनाको ज्यान गएको छ। सबैभन्दा बढी अमेरिकामा ६३८ जनाको ज्यान गएको छ। 

यो पछिल्लो २ महिनामा सबैभन्दा कम हो । त्यस्तै ब्राजिलमा ४८० तथा भारतमा २२३ जनाको ज्यान गएको छ। क्यानाडामा एकैपटक मृतक बढेका छन्। त्यहाँ २२२ जनाको ज्यान गएको छ। मेक्सिकोमा एकै दिन ३६४ जनाको मृत्यु भएको छ भने जम्मा संक्रमितको संख्या ८७ हजार ५ सय १२ रहेको छ। ६२ लाख ६५ हजार ०६४ जना संक्रमित हुँदा ३ लाख ७३ हजार ८५८ जनाको ज्यान गएको छ।  निको हुनेहरुको संख्या २८ लाख ४६ हजार ५२३ रहेको वर्ल्डोमिटरले जनाएको छ । 

प्रकाशित : २०७७ जेठ १९ गते ७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI