पछिल्लो २४ घण्टामा २ सय २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते १६:३४
पछिल्लो २४ घण्टामा २ सय २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८ पुग्यो
corona

काठमाडौं- नेपालमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्ता जानकारी दिएका हुन्।

आज थपिएका २२६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। 

नेपालमा हालसम्म संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

प्रकाशित : २०७७ जेठ १९ गते १६:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI