नेपालमा थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २० गते १६:३८
नेपालमा थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९

नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको हो। 

आज थपिएका २८८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। संक्रमण देखिएकामध्ये १९४९  जना पुरुष रहेका छन् भने जना १५० महिला रहेका छन्।

डा. देवकोटाका अनुसार हालसम्म देशका ५६ जिल्लामा संक्रमण देखिएको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

प्रकाशित : २०७७ जेठ २० गते १६:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI