विद्यालयमा चोरी गर्नेलाई नवलपुर जिल्ला अदालतमा डाँका मुद्धा दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २० गते १९:११
विद्यालयमा चोरी गर्नेलाई नवलपुर जिल्ला अदालतमा डाँका मुद्धा दर्ता

प्रकाश भण्डारी, गैँडाकोट नवलपुर

गैंडाकोट नगरपालिका वडा नं. ५ मा रहेको जनक उच्च मा.बि. मा जेठ १३ गते बिहान १२:३० बजेको समयमा चोरीको प्रयास गर्ने ८ युवा पक्राउ परेका छन्।

जनक उच्च माध्यमिक बिद्यालयको सिसि क्यामरा चोर्दै गर्दा स्थानीयले थाहा पाएपछि स्थानीयकै सहयोगमा चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो भने बाँकी ७ जना फरार रहेका थिए।

उक्त चोरी को घटनामा संलग्न ९ जना मध्ये ८ जनालाई ईलाका प्रहरी कार्यालय गैँडाकोटले पक्राउ गरि नवलपुर जिल्ला अदालत कावासोतीमा डाँका मुद्धामा म्यादथप अनुमति लिई अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले नवलपुर टाईम्सलाई बताउनुभयो।

चोरीको घटनामा संलग्न ८ जना मध्ये सन्दिप गुरुङ्ग, सुभाष थापा मगर, रोशन क्षेत्री, निशान थापा मगर, देवराज दुलाल, आशिष भण्डारी, देवराज गुरुङ्गर सुभाष थापा रहेका छन्। १ जना हालसम्म पनि फरार रहेको र उनीहरूको साथबाट २ थान सिसि क्यामरा बरामद भएको थापाले बताउनुभयो।

प्रकाशित : २०७७ जेठ २० गते १९:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI