यो विषम परिस्थितिमा सरकारले अभिभाबकको भुमिका निर्वाह गरोस : नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २१ गते १८:५०
यो विषम परिस्थितिमा  सरकारले अभिभाबकको भुमिका  निर्वाह  गरोस : नेपाली

पोखरा ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले कोरोना सामान्य अवस्थाको रोग नभएकोले सरकारले गम्भिर भएर सोच्नुपर्ने र जनतालाई अभिभाबकको अनुभुती दिनुपर्ने बताएका छन् । उनले बुधबार नीति तथा कार्यक्रमाथि आफ्नो धारणा राख्दै भने, “कोभिड १९ को महामारीबाट हाम्रो प्रदेश मात्र हैन सम्पूर्ण राष्ट्र नै आसाधारण परिस्थिति बाट गुज्रिरहेको छ । यो असाधरण र विषम परिस्थितिमा प्रदेश सरकारले आफू अभिभावक भएको अनुभूति गराउन पर्दछ भन्‍ने हाम्रो मान्यता हो ।” उनले कोरोना परीक्षणको सामग्री अभावका कारण परीक्षण को प्रतीक्षामा बसेका, यस महामारीबाट आफू र आफ्ना परिवारलाई कसरी बचाउने भन्‍ने चिन्ता गरिरहेका परिवारहरु समुदायमा प्रवेश गरेर ज्यामितीय प्रणाली अनुसार फैलिरहेको संक्रमणले कस्तो भयावह परिस्थिति ल्याउने हो भन्‍ने भय र त्रासमा बसेका प्रदेशबासीहरुको मनोदसा, घातक कोरोना संक्रमबाट मुत्यु भएकाहरुका परिवारजन जसले आफन्तका शवहरु समेत छुन नपाएको स्थितिको प्रदेश सभामा उनले स्मरण गराएका थिए । यस्तो अवस्थालाई ०७७-०७८ को नीति तथा कार्यक्रम ले सम्बोधन गर्नेछ भन्‍न् अपेक्षा भए पनि सरकारले ल्याएको नीति तथा कार्यक्रमले त्यो सन्देश दिन नसकेको उनले उल्लेख गरे । “नाकाबन्दीको प्रसंग ल्याउँदा हिजो दूधेबालक काट्ने, आधा प्रतिगमन सच्चियो भन्‍ने, विद्यालयका पढाउँदा पढाउँदैका शिक्षकलाई झुण्ड्याउने पार्टी भनेर यो प्रदेश सभामा भनियो भने त्यो कति सान्दर्भिक हुन्छ ?,” उनले प्रश्‍न गर्दै भने, “अशान्त, भयावह परिस्थितिलाई सामना गर्न सक्ने सामर्थ्य प्रदेश सरकारसँग छ त ? जनता आश्वस्थ हुन चाहन्छन् । प्रदेश सरकारसँग भएको तीन थान पीसीआर टेष्ट गर्ने उपकरण भेन्टिलेटर, आइसोलेसनलाई भनेर छुट्याइएका केही बेडरुम, आवश्यक उपकरणको अभावमा रहेका कमजोर मनस्थितिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका अग्रपंक्तिमा रहेर कार्य गर्नुपर्ने अवस्थाका कर्मचारी लिएर हाम्रो तयारी पूरा छ भनेर बस्‍नु भनेको सुतुरमुर्गले आँधिबाट बच्‍न टाउको लुकाएजस्तो मात्र कुरालाई मध्यनजर गर्दै महामारीलाई सामना गर्ने, युद्धस्तरमा तयारी हुन जरुरी छ ।

प्रकाशित : २०७७ जेठ २१ गते १८:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI