चार वर्षीय बालिका बलात्कार गरेर फरार भएका अभियुक्त पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २३ गते ११:३७
चार वर्षीय बालिका बलात्कार गरेर फरार भएका अभियुक्त पक्राउ

उमेश बि.क / नवलपरासी
नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा फरार अभियुक्त पक्राउ परेका छन।

जिल्लाको सरावल गाउँपालिका वडा नं. ४ ललितपुर बस्ने २६ बर्षिय राजकुमार सहानिलाई प्रहरीले बिहिवार राति ८ बजेको समयमा महेसपुर नाकाबाट पक्राउ गरेको हो। अभियुक्त सहानी सरावल गाउँपालिका वडा नं. ४ मङ्लापुर बस्ने ४ बर्षिय बालिकालाई १८ गते अाइतवार बालिकाको आमा नुहाइरहेकाे समयमा करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेकाे बेला मिठाई को प्रलोभन देखाएर सहानीले जबर्जस्ति करणी गरेको बालिकाको घरपरिवारले आरोप लगाएका थिए ।

करणी गर्दा बालिका रुन थालेपछि आरोपित सहानी फरार भएका र उनको खोजी कार्य भैरहेको थियो। बालिकाको घरपरिवारले अभियुक्त सहानी विरुद्ध बलात्कार मुद्दाका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन। जाहेरी आएपछि प्रहरीले उक्त घटनाको बिषयमा थप अनुसन्धान गरि रहेको र सहानीको खोजी कार्य समेत गरि रहेको थियो। प्रहरीले बिशेष सुराकीको आधारमा आरोपित सहानिलाइ पक्राउ गर्न सफल भएको गाेबरहिया प्रहरीचाैकी इन्चार्ज तिलक रायमाझीले जानकारी दिनुभएको छ।

प्रकाशित : २०७७ जेठ २३ गते ११:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI