सरावल गाउँपालिकामा कोभिड विशेष कृषि कार्यक्रम

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २३ गते १२:०१
सरावल गाउँपालिकामा कोभिड विशेष कृषि कार्यक्रम

उमेश बि.क / नवलपरासी
नवलपरासीको सरावल गाउँपालिकाले काेभिड विशेष कृषि कार्यक्रम ल्याएको छ।बिदेशबाट फर्केका र ब्यवसाय उन्मुख कृषकहरुलाई कृषि बिकास प्राेत्साहन कार्यक्रम तथा बालिको उत्पादन र उत्पाकत्व बुद्धिका लागि बीउ उत्पादक कृषक , कृषक समुह वा सहकारीलाई प्राेत्साहन कार्यक्रम सरावल गाउँपालिकाले ल्याएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकास पाैडेलले जानकारी दिनुभएको छ । भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सरावल गाउँपालिकाकाे लागि काेभिड बिशेष कृषि कार्यक्रम लागू गरिएको हाे । काेभिड बिशेष कृषि कार्यक्रम अन्तर्गत ब्यवसायिक खेती गर्न चाहने र बिदेशबाट फर्केका युवा,अाफ्नै र अरुको जग्गा भाडामा खेती गर्न चाहने र अन्य कार्यक्रममा माैका नपाएका कृषकहरु तथा अति बिपन्नलाई बिशेष प्राथमिकता दिइएको अधिकृत पाैडेलले जानकारी दिनुभएको हाे । काेभिड बिशेष कृषि कार्यक्रममा कृषि कार्य अनरुप बिल रकमको अधिकतम ७५ प्रतिशतले हुन अाउन रकम तथा अनुदान ग्राहीलाई २० हजार उपलब्ध गराइने भएको हुनाले अनुसुचि ३ ,४ बमोजिम निबेदन र प्रस्ताव तथा नागरिकताको प्रतिलिपि वा ब्यवसायिक / कृषि फर्म भए दर्ता प्रमाण पत्र ,वडा कार्यालय वा कृषि प्राबिधिककाे सिफारिस लिएर १५ दिन भित्र सरावल गाउँपालिका अन्तर्गतका कृषकलाई कार्यालयमा सम्पर्क गर्न अधिकृत पाैडेलले अाग्रह गर्नुभएको छ ।

प्रकाशित : २०७७ जेठ २३ गते १२:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI