भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते १४:११
भारतबाट आएर क्वारेन्टाइनमा बसेका  ६५ वर्षीय वृद्धको मृत्यु

बाजुरा । बाजुराको क्वारेन्टाइनमा एक पुरुषको मृत्यु भएको छ । खप्तड छेडे दह गाउँपालिका वडा नं ७ स्थित मष्टा आधारभूत विद्यालय बुडाबाडामा रहेको क्वारेन्टाइनमा छेडेदह गाउँपालिका –७ बुडाबाडाका ६५ वर्षीया एक पुरुषको शनिवार बिहान ८ः३० बजे मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताउनु भयो ।

मृतक बुढा दमको बिरामी हुनुहुन्थ्यो, हिजो साँझ खाना पनि खानुभएन , एकाएक बिरामले च्यापेपछि उहाँको मृत्यु भएको हो खप्तड छेडेदह गाउँपालिका वाड नं ७ का वडा अध्यक्ष खगेन्द्र रावतले भन्नुभयो, “मृतक लामो समय सम्म भारतमा बस्दै आउनु भएका , यति बेला विश्वभर फैलिदै गएको कोरोना भाइरस त्रासका कारण भारतमा गर्दै आएको काम पनि बन्दभएपछि उहाँ यहि जेठ १५ गते झुलाघाट हुँदै नेपालमा आएर १६ गते क्वारेन्टाइनमा बस्नु भएको थियो ”

मृतकको स्वाब सङ्कलन गरि पीसिआर विधिमा परीक्षणका लागि धनगढी पठाउने र शवलाई आजै व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना तथा स्वाथ्यकर्मीको टोली घट्ना स्थलमा हिडिसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।

प्रकाशित : २०७७ जेठ २४ गते १४:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI