पश्चिम नवलपरासीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते १५:३८
पश्चिम नवलपरासीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

उमेश बि.क/ नवलपरासी

पश्चिम नवलपरासीमा शनिबार थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पश्चिम नवलपरासीकोको सुस्तामा थप दुई जनामा कोरोना पुष्टि भएको हो ।

सुस्ता गाँउपालिका वडा नम्बर ५ का दुई पुरुषमा पिसिआर परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

उनिहरु दुवैको उमेर २५ वर्ष छ । यहि जेठ १३ गते स्वाब संकलन गरी पिसिआर परिक्षणका लागी पादेशिक प्रयोगशाला भैरहवा पठाईएकोमा आज मात्रै रिपोर्ट आएको जिल्ला स्वास्थय कार्यालयका प्रमुख गौरब ढकालले दिए।

यसरी रिपोर्ट ढिलो आउदा संक्रमण अन्य व्यक्तिमा पनि सर्ने जोखिम बढेको छ । उनिहरु भारतको राजस्थानबाट गत बैशाख ३० गते नेपाल आएका थिए । उनीहरुलाई नेपाल प्रवेश गर्ने वित्तिकै क्वारेन्टाईनमा पठाईएको थियो ।

संक्रमितलाई कहाँ पठाउने भन्ने बारे टुङ्गो लागिनसकेको सुस्ता गाँउपालीकाका अध्यक्ष रामप्रसाद पाण्डेल बताए। यो संगै जिल्लामा कोरोना संक्रमितको सङख्या १९ पुगेको छ । सुस्तामा मात्रै चार जना संक्रमित फेला परेका छन् । उनिहरु मध्ये दुई जना निको भएर घर फर्किईसकेका छन् । यसअघिका संक्रमित पनि वडा नम्बर पाँचकै थिए ।

हाल सम्म जिल्लामा सबैभन्दा बढि पाल्हीनन्दन गाँउपालीकामा ९ जना संक्रमित फेला परेका छन भने सुनवलमा हाल सम्म संक्रमित फेला परेका छैनन् ।

प्रकाशित : २०७७ जेठ २४ गते १५:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI