भरतपुर अस्पतालको आईसियुमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते १८:०२
भरतपुर अस्पतालको आईसियुमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवन । भरतपुर अस्पतालको आईसीयूमा शनिबार बिहान मृत्यु भएका माडी–६ कल्याणपुरका २७ बर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उनको सिजर र निमोनियाका कारण मृत्यु भएको भरतपुर अस्पतालका  मेसु डा श्रीराम तिवारीले जानकारी दिनुभयो ।

ती युवक भारतबाट जेठ १३ गते  माडी आएका थिए । उनलाई माडी ५ को दिवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । उनि झन्डै एक वर्षअघि भारतको दिल्ली उपचार गर्न गएर नेपाल फर्केका थिए ।

उनलाई जेठ १२ गते माडी नगरपालिकाले सुनौली नाकाबाट उद्वार गरेर ल्याएको थियो । मृतक पुरुष सवारी दुर्घटनामा परेर उपचारका लागि भारत गएका थिए । उनलाई विहिवारदेखि ज्वरो आइरहेको थियो । त्यसपछि उपचारका भरतपुर अस्पतालमा ल्याईएको थियो । उनको ढाड भाँचिएर प्यारालाइसिस भएको थियो

प्रकाशित : २०७७ जेठ २४ गते १८:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI